भरुवा बन्दुक पड्किएर दाङमा १ जनाको मृत्यु

भरुवा बन्दुक पड्किएर दाङमा १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – जिल्लाको राजपुर गाउँपालिका–६ अरावरा बस्ने २७ वर्षीय प्रकाश बुढा मतवलाको आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा बिहीबार राति मृत्यु भएको छ ।

स्थानीय प्रकाश बुढा र ३० वर्षीय बलबहादुर गिरी जुरापानी सामुदायिक वनस्थित खयरभट्टी जंगलमा शिकार खेल्न गएकोमा प्रकाश बुढाले बोकेको बन्दुक पड्किँदा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खाँग्राबाट खटिएको प्रहरीले बल बहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।