इनार खन्ने क्रममा २ जनाको मृत्यु

इनार खन्ने क्रममा २ जनाको मृत्यु


काठमाण्डु – सुर्खेतमा इनार खन्ने क्रममा २ जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा तोरण विकको घर आँगनमा इनार खन्ने क्रममा २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रविर विश्वकर्माका अनुसार सोमबार अपराह्न ४ः२४ बजे इनार खन्ने क्रममा निस्सासिएर २ जना बेहोस भएका थिए । ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।