लमजुङ पहिरो अपडेट : पाँच जनाको मृत्यु

लमजुङ पहिरो अपडेट : पाँच जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लमजुङमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ । जसअनुसार जिल्लाको क्व्होलासोथर गाउँपालिका ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ ।

बगुमस्थित पच्यु टोलमा गए राति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ ।

पहिरोमा परि ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरुङ र ५ वर्षिया नम्रता गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको बेसीशहर नगरपालिका-११ चितिका १६ वर्षीय विकल सुनारको पनि पहिरोमा परि मृत्यु भएको छ ।