काठमाण्डु – डडेल्धुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका सब–ओभरसियर डम्बरदेव भट्टको मृत्यु भएको छ ।
शनिबार डडेल्धुराको अमरगढी नगरपालिका–५ का ४५ वर्षीय भट्ट चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेका थिए । घाँटी रेटिएको अवस्थामा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
उनी घर नजिकैको जंगलमा फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक कार्कीले जानकारी दिए । घटनास्थलमा चक्कु पनि फेला परेको छ । भट्ट शुक्रबार साँझदेखि हराएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया