विभिन्न स्थानमा डुबेर ४ जनाको मृत्यु

विभिन्न स्थानमा डुबेर ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा डुबेर ४ जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ मटेरा बस्ने १९ वर्षीया सम्झना चौधरीको बबई नदीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ । नदी तर्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मलवार र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–११ बस्ने २० वर्षीया सुस्मिता चौधरीको कटैनी खोलामा डुबेर बुधबार बिहान मृत्यु भएको छ । खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–७ ब्रहम टोल बस्ने महोत्तरी बलवा नगरपालिका–१० धमौरा घर भएका संजित लथारको छोरा करीब साढे २ वर्षीय विराज लथारको स्थानीय कुलोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने विजय साहकी छोरी ६ वर्षीया सञ्जना कुमारी साहको लक्की ईट्टा उद्योगको खाल्टोको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।