धनुषा – जिल्लाको धनौजी गाउँपालिका–५ बहुअर्वास्थित घुघाईर सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको बिहीबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा स्थानीय अब्दुल खानकी छोरी ११ वर्षीया मुस्कान खातुन, हिलिम खानकी छोरी १२ वर्षीया जिनत खातुन र कलिम खानकी छोरी ११ वर्षीया अजमेरी खातुन रहेका छन् ।
डुबेर अशक्त भएका उनीहरूमध्ये मुस्कानको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने जिनत र अजमेरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया