बाँके – मोटरसाइकल ट्रयाक्टरमा ठोक्किँदा बाँकेमा १ जनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–३ हनुमान मन्दिरस्थित सडकमा भे९प २३३३ नम्बरको मोटरसाइकल भे१त ३६९३ नम्बरको ट्रयाक्टरमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्खेतको गुर्बाकोट नगरपालिका–९ घर भई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनिया डेरा गरी बस्ने ४५ वर्षीय बलबहादुर वलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया