कपिलवस्तु – कपिलवस्तु नगरपालिका–४ पिपरी चौराहामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सडकमा कोदहवा चोकबाट पिपरी चौराहातर्फ जाँदै गरेको लु६७प ७९६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–८ हरिहरपुर बस्ने १९ वर्षीय सुवास पासवानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवा हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया