संखुवासभा – सिलिचोङ गाउँपालिका–१ बिलुवा दोभान बस्ने ५५ वर्षीया मोती कला राईको घर मंगलबार बिहान पहिरोले पुरिँदा मोती कला र उनकी बुहारी २७ वर्षीया समीक्षा राईको मृत्यु भएको छ ।
घर माथिबाट पहिरोसहित ठूलो ढुंगा घरमा झर्दा मोती कला र समीक्षाको घटनास्थलमै मृत्यु भएको र मोती कलाकी छोरी २७ वर्षीया रविना राई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिसुवाटारबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाण्डुतर्फ पठाएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया