काठमाण्डु – बाँके र रुपन्देहीमा भएको छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका–६ स्थित सडकमा नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको लु२ख ४६ नम्बरको बसको ठक्करबाट पैदलयात्री जानकी गाउँपालिका–६ कोठारपुर बस्ने ६० वर्षीया कलावती भाटको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको ओमसतिया गाउँपालिका–४ पननिस्थित सडकमा लु१८प १९५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूषको मृत्यु भएको छ ।
मोटरसाइकलले बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया