दाङ – जिल्लामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–१ पुलचोकस्थित सडकमा बर्दियाबाट भैरहवातर्फ जाँदै गरेको सु प ०१–००१ ख २७७९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री स्थानीय ५० वर्षीय लोकप्रसाद भट्टराईको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया