नुवाकोट र दाङमा खोलाले बगाएर २ जनाको मृत्यु

नुवाकोट र दाङमा खोलाले बगाएर २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नुवाकोट र दाङमा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–६ पिप्ले बस्ने बिना भण्डारीको छोरा ६ वर्षीय बिक्रम लामिछानेको चिप्चिन्डे खोलाले बगाएर बुधबार बिहान मृत्यु भएको छ ।

खोला तर्ने क्रममा बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–२ झारगाउँ बस्ने ६७ वर्षीय तेजबहादुर भण्डारीको चिराघाट खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।