देशका छुट्टाछुट्टै स्थानमा ८ जना मृत अवस्थामा फेला

देशका छुट्टाछुट्टै स्थानमा ८ जना मृत अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका छुट्टाछुट्टै स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१५ हरिपैरीस्थित खोलाको किनारमा तुलसीपुर–४ खाद्रे बस्ने ५५ वर्षीया सिता आले शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–४ बेचनी खोलाले शुक्रबार राति तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटोसहित २ जना यात्रुहरू बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खाद्रे र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको छ । हाल बेपत्ता अन्य १ जना यात्रुको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ खनियाबास बस्ने ७२ वर्षीया रत्नकुमारी थापा आफ्नै घरभित्रको मझेरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

झापाको भद्रपुर नगरपालिका–६ भानुचोक बस्ने ६८ वर्षीया फुलदेवी साह आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

भक्तपुरको भक्तपुर नगरपालिका–६ चोछेस्थित चोमा गणेश मन्दिरको पाटीमा सोही ठाउँ चोछे घर भएका ६२ वर्षीय प्रदिप पालिखे शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–७ घिसिङ टोल बस्ने ६१ वर्षीय खिलराज खड्का लालबन्दी नगरपालिका–८ स्थित साझेदारी वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–६ कठहवास्थित बाटो छेउमा भारत महाराजगञ्ज बैथौलीया बस्ने ५५ वर्षीय बैजनाथ मधेसिया शनिबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तिसारस्थित खौराह खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।