दाङ – जिल्लाको तुलसीपुर उपमहानगरपालिका–११ पिरगाउँ बस्ने ५० वर्षीय बालाराम वलीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
आफ्नो घर नजिकै बारीमा सिँचाइका लागि ईनारमा मोटर जोड्ने क्रममा मोटरको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया