धादिङ – गजुरी गाउँपालिका–५ पोखरेखोलास्थित सडकमा सोमबार बिहान रूख ढलेर बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माईक्रो बस च्यापिँदा माइक्रोमा सवार रूविभ्याली गाउँपालिका–१ बस्ने ७२ वर्षीय निर्माग तामाङको मृत्यु भएको छ ।
गजुरीबाट काठमाण्डुतर्फ आउँदै गरेको माइक्रो रूखले च्यापिँदा गम्भीर घाइते भएका उनको काठमाण्डुस्थित वीर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
रूखले च्यापिएर घाइते भएका माइक्रोमा सवार २ जनाको उपचार भइरहेको छ भने ७ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
तत्काल खटिएको प्रहरी टोलीले उद्धार कार्य गर्नुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।




प्रतिक्रिया