विपदमा परी हालसम्म १७० जनाको मृत्यु

विपदमा परी हालसम्म १७० जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी शुक्रबार दिउँसोसम्म १७० जनाको मृत्यु भएको छ ।
काठमाण्डु उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा १७० जनाको मृत्यु भएको हो ।
विपदमा परी हालसम्म २०३ जना घाइते भएका छन् । काठमाण्डु उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका हुन् ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा २, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।