करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धनकुटा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

धनकुटाको धनकुटा नगरपालिका–४ देब्रेबास बस्ने ६० वर्षीय कुमार राईको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको मल्टी प्लगबाट करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ गोबडिया बस्ने ३२ वर्षीया बसन्ती चुदालीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै खेतमा सिँचाइ गर्न राखिएको मोटरको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको पिपरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।