मकवानपुर – जिल्लाको हेटौंडा उपमहानगरपालिका–९ धापमा शनिबार मोटरसाइकलको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।
मयुरधापबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामचन्द्र अर्यालका ५ वर्षीय छोरा सिभांस अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया