इनरुवा – सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा बुधबार साँझ सवारीसाधन दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख १४५ नम्बरको ट्रकले को२२प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेहताको घटनास्थलमै मृत्यु भएको छ ।
नोबेल अस्पतालमा उपचार गरी घर फर्किंदै गर्दा मेहता चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।
ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् ।




प्रतिक्रिया