मिनी ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

मिनी ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – बिहीबार साँझ बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ झलारी घर भएका मिनी ट्रक साहु जगदीश अवस्थीको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको सुप प्र ०२ ००१ ख ०७३४ नम्बरको मिनी ट्रक कफलकोट नजिकै बिहीबार साँझ ७ बजे दुर्घटनामा भएको हो ।

ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन् । उनीहरूको उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

सरिया र सिमेन्ट बोकेको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मिनी ट्रक सडकबाट ६० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।