बसको ठक्करले १ महिलाको मृत्यु

बसको ठक्करले १ महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट शनिबार साँझ १ महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक कन्काई नगरपालिका–३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका–४ कै ठिरप्रसाद सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।