चैनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

चैनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किमाथांका – संखुवासभाको चैनपुर नगरपालिका–२ चित्लाङमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रयाक्टर दुर्घटनामा परी चैनपुर–२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

चैनपुरको सिद्धपोखरी–नुनढाकी सडकखण्डमा मंगलबार दिउँसो खाद्यान्न बोकेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरको डालीमा बसेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धपोखरी बजारदेखि खाद्यान्न बोकेर चित्लाङतर्फ गइरहेको प्रदेश १–०२००३ त १७६३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।