झ्याप्लेखोला पहिरोमा पुरिएका २ बसबाट निकालियो १४ जनाको शव

झ्याप्लेखोला पहिरोमा पुरिएका २ बसबाट निकालियो १४ जनाको शव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएका २ वटा बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रो बसहरू पुरिएका थिए । त्यस क्रममा लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको छ ।

यसैगरी, नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरू शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

पहिरोमा अरु बसहरू पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।