छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – छुट्टाछुट्टै दुर्घटनामा जिल्लामा ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् ।

कमल गाउँपालिकामा २ जना तथा मेचीनगर नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि सवार २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् ।

घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

कमल–४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को२७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा शिवसताक्षी–८ का वर्ष ३३ वर्षीय अनिलकुमार लिम्बू र स्थानीय २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।