खाँदबारी – संखुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ ।
सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले शनिबार हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न दुर्गामायालाई नियन्त्रणमा लिइएको छ । उनको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरी समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।




प्रतिक्रिया