कपिलवस्तु – बसको ठक्करबाट कपिलवस्तुमा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ ।
बुद्धभूमि नगरपालिका–२ पुरेनास्थित सडकमा लु१ख ९०९२ नम्बरको बसले लु६६प ४८७५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–३ धनचौरा बस्ने १८ वर्षीय पवन थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया