अर्घाखाँची – जिल्लाको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
वडा नम्बर ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना३ख २४७१ नम्बरको बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकोमा १ महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।




प्रतिक्रिया