काठमाडौं – नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएको छ । तरुण दलले विज्ञप्ति जारी गरी सोमबार साँझ हृदयाघातका कारण निधन भएको जानकारी दिएको हो ।
अचानक बिरामी भएपछि श्रेष्ठलाई जोरपाटी अतरखेलमा रहेको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। अध्यक्ष श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो ।
श्रेष्ठको निधनप्रति तरुण दलले दुःख व्यक्त गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रेष्ठको असामयिक निधन भएको दुस्खद खबरले नेपाल तरुण दल केन्द्रीय समिति मर्माहत भएको छ ।’




प्रतिक्रिया