काठमाण्डु – डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालिप्रसाद जोशी मृत फेला परेका छन् ।
जिल्लाको अमरगढी नगरपालिका–२ भेल निवासी ५८ वर्षीय जोशी वडाकै कुस्मालीमा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जोशी बिहीबार बिहानदेखि बेपत्ता भएकोमा शनिबार मृत फेला परेका जानकारी दिए ।
उनले भने, ‘जोशी बेपत्ता भएको भन्दै बिहीबार मौखिक र शुक्रबार लिखित जानकारी प्रहरीमा आएको थियो । जोशीको खोजीका लागि प्रहरीका विभिन्न युनिटसँगै अन्य जिल्ला र प्रदेश प्रहरीलाई हुलिया परिपत्र गरिएको थियो । शनिबार दिउँसो जोशी मृत फेला परेका छन् ।’
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया