मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – मोटरसाइकल दुर्घटना हुँदा सुनसरीमा १ जनाको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका–१ रानी खोलास्थित सडकमा चतराबाट उदयपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करीब १२० मिटर तल खसेर आईतबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक हाल नाम, थर वतन नखुलेका करीब ३२ वर्षीय पुरूषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।