काठमाण्डु – राजधानी काठमाण्डुको सुन्धारामा २ वटा मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
काठमाण्डु महानगरपालिका–२२ स्थित काठमाण्डु मल अगाडि बा३४प ४३२० नम्बरको मोटरसाइकल र रा७प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुरको इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा७प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया