सुनसरी – ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका–६ फुल चोकमा प्र ०१–०२–००३ त ९०२ नम्बरको ट्रयाक्टरले प्र ०१–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा इनरूवा नगरपालिका–१० बस्ने २० वर्षीय सर्प राज अन्सारी र हरिनगरा गाउँपालिका–१ बस्ने २१ वर्षीय महजित अन्सारी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सप्तकोशी न्यूरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया