भारतमा बाढीको प्रकोप ! अरुणाचल र असममा १४ जनाको मृत्यु

भारतमा बाढीको प्रकोप ! अरुणाचल र असममा १४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा बाढीपहिरोको प्रकोपमा परेर १४ जनाको मृत्यु भएको छ ।

भारी वर्षाका कारण अरुणाचल प्रदेश, असम, मेघालय, मिजोरममा बाढीपहिरोको प्रकोप देखिएको छ ।

शनिबार अरुणाचल प्रदेशको पूर्वी कामेङ जिल्लाको बाना–सेप्पा सडकमा पहिरोमा २ परिवारका ७ जनाको मृत्यु भएको छ भने शुक्रबार राति राज्यको जिरो शहरमा गएको पहिरोमा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैगरी असममा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । सबै मृतकहरूको पहिचान भएको छ । मृतकमा ४ साना बालबालिका र २ महिला छन् । यी सबै अरूणाचल प्रदेशको बिचोम जिल्लाको बानाको किचाङ गाउँका वासिन्दा हुन् ।

आसामको कामरूप महानगरीय जिल्लामा पहिरोका कारण ५ जनाको मृत्यु भएको छ । लगातार वर्षापछि गुवाहाटीको बोंडा क्षेत्रनजिकै पहिरोमा परी उनीहरूको मृत्यु भएको छ । मृतकमा ३ महिला छन् ।

शहरी मामिला मन्त्री जयन्त मल्ल बरुआले कामरूप, काचर, धेमाजी, लखिमपुर र गोलाघाट लगायत ६ जिल्लामा बाढीबाट १० हजारभन्दा बढी मानिसलाई असर परेको छ ।

असम, अरुणाचल प्रदेश र मेघालयका प्रदेश सरकारले भारी वर्षा र आँधीका कारण धेरै जिल्लामा ‘रेड अलर्ट’ जारी गरेका छन् ।