झापा – सवारीसाधन दुर्घटना हुँदा झापामा १ जनाको मृत्यु भएको छ ।
दमक नगरपालिका–७ पशुडाँडास्थित सडकमा प्र १–०२–००२ ख ०९१२ नम्बरको ट्रकले प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका–५ बस्ने ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको दमक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया