गाजामा हमासका प्रमुख नेता सिनवारको मृत्यु भएको पुष्टि

गाजामा हमासका प्रमुख नेता सिनवारको मृत्यु भएको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायलको हवाई आक्रमणमा मारिएको ३ महिनाभन्दा बढी समयपछि हमासले आईतबार गाजामा आफ्ना प्रमुख नेता मोहम्मद सिनवारको मृत्यु भएको पुष्टि गरेको छ ।

प्यालेस्टिनी इस्लामवादी समूहले शनिबार जारी गरेका तस्बीरहरूमा उनलाई सैन्य परिषद्का सहिद भनेर वर्णन गरिएको छ ।

मोहम्मद सिनवार हमासका वरिष्ठ नेता याह्या सिनवारका कान्छा भाइ थिए । इजरायलले याह्यालाई सन् २०२३ अक्टोबर ७ मा भएको इजरायलमाथिको आक्रमणको मुख्य योजनाकारको रूपमा आरोप लगाउँदै आएको थियो ।

हमासको इजरायल माथिको आक्रमणले गाजापट्टीमा हालसम्म चलिरहेको युद्धलाई भड्काएको थियो । कमान्डर मोहम्मद देइफको मृत्युपछि मोहम्मद सिनवारले अल–कसम ब्रिगेडको सैन्य परिषद्को नेतृत्व गरेको बताइएको छ ।

इजरायली सेनाले मध्य गाजाको खान युनिसस्थित युरोपेली अस्पताल मुनिको सुरुङमा उनको शव भेटिएको दाबी गरेको छ । सेनाले १३ मेमा उनलाई मारेको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली तथ्यांकमा आधारित एएफपीको विवरणअनुसार सन् २०२३ अक्टोबरमा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा १ हजार २१९ जनाको मृत्यु भएको थियो ।