सुनसरी – सुनसरी जिल्लाको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका थिए भने तीमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न नसके पनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएपछि चिकित्सकले २ जनालाई मृत घोषणा गरेका छन् ।




प्रतिक्रिया