काठमाण्डु – राजधानी काठमाण्डुमा भएको जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
बानेश्वरमा भएको आन्दोलनमा परी १९ जना प्रदर्शनकारीको मृत्यु भएको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।
उनका अनुसार २५६ जना घाइते भएका छन् । उनले भने, ‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । २५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् ।’




प्रतिक्रिया