काठमाण्डु – देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेका छन् ।
झापाको झापा गाउँपालिका–६ चन्द्रबस्तीस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ४० वर्षीय रवी सोरेन बुधबार राति मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाथलीस्थित सुपर फाइन मेटल कारखानामा काम गर्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ घर भएका १९ वर्षीय राजेश गहतराज कारखानामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका–१० स्थित जनसेवा मार्ग डेरा गरी बस्ने काठमाण्डु घर भएका ५५ वर्षीय सुरेन्द्र श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटे बस्ने ६५ वर्षीया पानसरी नेपाली सोही ठाउँस्थित कुवामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया