माटोको ढिस्कोले पुरिँदा ४ जनाको मृत्यु

माटोको ढिस्कोले पुरिँदा ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन छन् ।

घटनापछि स्थानीयले उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएका थिए । तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले चारै जनालाई मृत घोषणा गरेको छ ।