इलाममा मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा मृत्यु हुनेको संख्या ३७ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

हालसम्म माइजोगमाई गाउँपालिकामा ८ जना, सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना, सन्दकपुर गाउँपालिकामा ६ जना गरी जम्मा ३७ जनाको मृत्यु भएको छ ।

हालसम्म सुर्योदय नगरपालिकामामा घाइते हुनेको संख्या २ र माङसेवुङ गाउँपालिकामा ३ जना रहेको छ ।