सर्लाहीमा खोलाले बगाएर १ युवकको मृत्यु

सर्लाहीमा खोलाले बगाएर १ युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीमा खोलाले बगाएर १ युवकको मृत्यु भएको छ ।

जिल्लाको मलङ्गवा नगरपालिका–५ भाडसरमा लखन्देही खोलाले बगाउँदा १ युवकको मृत्यु भएको हो ।

मंगलबार मध्याह्न नुहाउने क्रममा खोलाले बगाउँदा भाडसरका १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार ठाकुर ३ साथीसहित खोलामा नुहाउन गएका थिए । तीमध्ये अन्य ३ जना पौडिएर सकुशल बाहिर निस्कन सफल भएपनि ठाकुर बगेर बेपत्ता भएका थिए ।

स्थानीय वासिन्दा र सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा करीब २ घण्टापछि ठाकुरलाई मृत अवस्थामा फेला पारिएको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार अन्य ३ युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू घर फर्किसकेका छन् ।