घाँस काट्न गएका ३ बालिकाको डुबेर मृत्यु, ४ जनाको उद्धार

घाँस काट्न गएका ३ बालिकाको डुबेर मृत्यु, ४ जनाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रौतहटको गौरमा घाँस लिन गएका तिन बालिकाको बाढीको जमेको पानीमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए ।

डुबेका मध्ये चार जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको हो ।

राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त सुचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार महतोले बताए । उनका अनुसार गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा उनीहरु डुबेका हुन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी उनीहरुको खोजी गरेको थियो । अहिले मृतको तिन बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।