झाँझ नदीमा डुबेर २ जना बालकको मृत्यु

झाँझ नदीमा डुबेर २ जना बालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटको झाँझ नदीमा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ नदीमा नुहाउन गएका २ बालकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार देवाही गोनाही नगरपालिका–३ का १० वर्षीय निरज साह र अर्का १० वर्षीय अर्जुन साहको मृत्यु भएको छ । नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पुर्‍याएका थिए ।

तर चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।