काठमाण्डु – देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाण्डुको दक्षिणकाली नगरपालिका–१ नौमुलेस्थित नौमुले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय बिपिन बस्नेत बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ कुमरौल चोक नजिक सडक छेउमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ३६ वर्षीय काजिम कबाडी मंगलबार राति मृत अवस्थामा फेला परेका छन् ।
चितवनको रत्ननगर नगरपालिका–६ हात्ती चोकस्थित होटल पार्क सेन्चुरीमा काम गर्ने रत्ननगर नगरपालिका–६ बस्ने ४४ वर्षीय राम परियार सोही होटलमा मंगलबार राति मृत अवस्थामा फेला परेका छन् ।
यी घटनाहरू सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया