काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२३ जगतपुरस्थित सडकमा बा प्र ३–००१ ग ००२९ नम्बरको बसले ना६०प ३२७ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–६ बछौली बस्ने ३३ वर्षीय सुरेश महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको विराटनगर महानगरपालिका–९ स्थित सडकमा प्र १–०२–०५४ प ८२७७ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री ९२ वर्षीय बिष्णु प्रसाद कोइरालाको बुधबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित सडकमा प्र १–०२–००२ ख ४११ नम्बरको ट्रकमा प्र.२–०१–००१ प २१४२ नम्बरको मोटरसाइकल र म प्र ०२–००६ प ५८४१ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा दुधौली नगरपालिका–११ टाडी बस्ने ३४ वर्षीय राम कुमार कुमर र दुधौली नगरपालिका–३ बस्ने २५ वर्षीय फुल बाबु धामीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दुधौली नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ४ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया