सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

प्युठानको मल्लरानी गाउँपालिका–४ टोप्रेस्थित सडकमा ग१ज ७८१४ नम्बरको पिकअप जीप अनियन्त्रित भई आईतबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार मल्लरानी गाउँपालिका–२ बस्ने राधिका सुनारकी छोरी १७ महिनाकी प्रतिमा सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जीप चालक समेत अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

इलामको सन्दकपुर गाउँपालिका–२ गोरूवाले भञ्ज्याङस्थित सडकमा प्रदेश १–०२–००३ त ३४०२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार पाँचथर फिदिम नगरपालिका–१४ बस्ने ३३ वर्षीय सोम राईको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।