रूपन्देही – देवदह नगरपालिका–७ शितलनगर डेरा गरी बस्ने नवलपरासी पूर्वको बुलिङटार घर भएका ३५ वर्षीय देव बहादुर आलेको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
देवदह नगरपालिका–६ खैरेनीस्थित घरमा विवाहको लागि झिलिमिलि लाईट फिट गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया