करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – बुढीगंगा गाउँपालिका–१ बस्ने २२ वर्षीय श्याम ऋषिदेवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि नहरको छेउमा को१ख ५०४९ नम्बरको टिप्परको हाइड्रोलिक उठाई माटो झार्ने क्रममा विद्युत्को तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका टिप्परका सहचालक श्यामको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।