काठमाण्डु– नवलपरासी पश्चिममा बर्दघाटको टायल उद्योगमा २ जना मजदुर मृत भेटिएका छन्।
बिहीबार बर्दघाट नगरपालिका–१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत २ मजदुर मृत फेला परेका हुन् ।
मृत भेटिएका मजदुरमा ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला–६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
उनीहरू ग्यासी फायरमा रात्रीकालीन डिउटीमा खटिएका मजदुर हुन् ।
उद्योगका म्यानेजर रमेश न्यौपानेले बिहान सवा ९ बजे उनीहरूको शव भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
दुवै मजदुरको शरीरमा कुनै पनि प्रकारको बाहिरी घाउचोट देखिएको छैन। मृतकका आफन्तले भने घटना शंकास्पद भएको दाबी गरेका छन्।
घटनाबारे अनुसन्धान जारी रहेको पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए ।




प्रतिक्रिया