प्युठान – नौबहिनी गाउँपालिका–४ खबाङस्थित सडकमा खबाङबाट बाग्दुलातर्फ आउँदै गरेको लु१ख ८४७९ नम्बरको बसबाट खसेर बसमा सवार ३२ वर्षीया रीमा गिरीको मृत्यु भएको छ ।
बसबाट खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया